logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

विप्लव नेतृत्वको नेकपाबाट २ शैक्षिक संस्थामा बम बिष्फोट


अंकुरण खबर
1.82K
Shares

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्र्टी नेकपाले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छ ।

सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिका स्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम बिष्फोट गराएको प्रहरीले जनाएको छ ।

सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कूलको बाहिरको भागमा बिष्फोट गराएको प्रहरीले जनाएको छ ।

केही दिन अगाडि सुनसरीको इटहरीबाट विप्लव समूहका लागि चन्दा उठाउने नाइके पक्राउ परेपछि उनीह?ले नै बिष्फोट गराएको प्रहरीको भनाइ छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको र बम बिष्फोट गराउने विप्लव समूहका कार्यकर्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । बिष्फोटबाट सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।