logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु


अंकुरण खबर
1.755K
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

अहिले बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आजको बैठकले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने छ । यसअघि बिहिबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो।

अर्थमन्त्री डा. युवराज खतिवडाका लागि मन्त्रिपरिषद्को यो बैठक नै अन्तिम हुनसक्छ । २ बर्षे पदावधि सकिएसँगै राष्ट्रिय सभामा उनको ठाँउमा नेपका नेता गौतम सिफारिस हुन लागेका हुन ।

नेता गौतम सिफारिस भएसँगै मन्त्री खतिवडाले सम्भवतः आजै राजीनामा दिनेछन् ।