logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अनामनगरमा आफ्नै श्रीमतीलाई छुरा प्रहार गरी हत्या, पक्राउ परे श्रीमान


अंकुरण खबर
858
Shares

अनामनगरमा एक महिलाको हत्या भएको छ ।

बर्दिया बाँसगढी नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-२९ अनामनगरमा बस्ने ३३ वर्षीया पार्वती खड्काको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

हत्याको अभियोगमा ३६ वर्षीय श्रीमान अजय विक पक्राउ परेका छन् । आफ्नै श्रीमतीलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा अजयलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादमा बिकले पार्वतीलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ सिंहदरबार वृत्तको टोली घटनास्थल पुगेको थियो । घाइते पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।