logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्यान्सर अस्पतालका १३ कर्मचारी कोरोनामुक्त


अंकुरण खबर
871
Shares

चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीसहित १३ जना कर्मचारीहरू कोरोनामुक्त बनेका छन् ।

कोरोनामुक्त कर्मचारीहरूको मनोबल बढाउन अस्पताल प्रशासनले शुक्रवार अस्पताल प्रशासनमा उनीहरुलाई पुष्पगुच्छा दिएर स्वागत गरे। कोरोना संक्रमणमुक्त हुनेमा नर्ससहित केही कार्यालय सहयोगी छन् ।

अस्पतालका चिकित्सक, नर्स, कार्यालय सहयोगीसहित ४४ जनालाई कोरोना संक्रमण भएकोमा १३ जना कोरोनामुक्त बनेका हुन् । अन्य बाँकी संक्रमितहरू पनि छिट्टै संक्रमणमुक्त हुने विश्वास गरेको अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले बताए ।

उनले अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीमा संक्रमण नफैलियोस् भनेर अस्पताल आउने बिरामीहरुको अनिवार्य पीसीआर रिपोर्ट ल्याउन भनिएको र छिट्टै नै अस्पतालले पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याउने बताए ।