logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिदामा आएकाहरु अझै मलेसिया फर्कन नपाउने


अंकुरण खबर
1.742K
Shares

मलेसियाबाट बिदामा आएकाहरुले अझै केही समय कुर्न पर्ने भएको छ ।

मलेसियाले विशेष व्यक्तिहरु बाहेक श्रमिकलाई अझै पनि मलेसिया प्रवेशमा रोक लगाएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । सरकारले मलेसियाबाट बिदामा आएका श्रमिकलाई फेरि जानका लागि गएको असारदेखि नै पुनः श्रम स्वीकृति दिन थालेको हो ।

मलेसिया जानकै लागि पुनः श्रम स्वीकृति लिए पनि मलेसिया प्रवेशमा भने अनुमति दिइएको छैन । कोरोना भाइरसको बढ्दो जोखिमका कारण मलेसियाले विदेशी पर्यटकलाई पनि सन् २०२० भरी नै रोक लगाउने निर्णय गरिसकेको छ । मलेसियामा नियमित उडानहरु हुन थालेको छ ।

नियमित उडान भए पनि मलेसियाबाट फर्कन पाइन्छ । तर जाने भने मलेसियाले कहिलेदेखि खुलाउँछ भनेर यकिन नभएको दूतावासले जनाएको छ ।