logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपचारका क्रममा मृत्यु भएकी गोरखाकी महिलामा कोरोना पुष्टि


अंकुरण खबर
910
Shares

गोरखा अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएकी ७५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गोरखा नगरपालिका–७ की ती महिलालाई शनिबार अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । दुई बजेतिर अस्पताल भर्ना गरिएकी उनको चार बजेतिर उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । उनलाई मस्तिष्कघात भएको थियो ।

ती महिलाको परिवार सदस्यलाई शुक्रबार कोरोना पुष्टि भएको थियो । कन्ट्याक्ट ट्रेसिङका क्रममा उनको पनि स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

आइतबार रिपोर्ट आउँदा उनमा कोरोना पोजेटिभ आएको हो ।