logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एम्बुलेन्समा राखेर बालिका अपहरण गर्ने काका नाता पर्ने युवा सहित तीन जना पक्राउ


अंकुरण खबर
1.521K
Shares

बालिका अपहरणको आरोपमा तीन जना पक्राउ परेका छन् ।

मोरङको पथरी-शनिश्चरे नगरपालिका-८ की बालिका अपहरण गरेको आरोपमा काका नाता पर्ने युवा र दुई एम्बुलेन्स चालक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सोही वडाका २१ वर्षीय सुजन रणपहेली, एम्बुलेन्स चालकद्वय पथरी-शनिश्चरे-६ का २२ वर्षीय रमण आचार्य र सुनवर्षी नगरपालिका-६ का ३६ वर्षीय पूर्णबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।

सुजन रणपहेली नातामा अपहरित बालिकाका काका पर्ने व्यक्ति हुन्। आचार्य को२ च २८८२ नम्बरको एम्बुलेन्स र तामाङ को२च ३१२१ नम्बरको एम्बुलेन्सका चालक हुन्।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बालिकालाई १७ गते काभ्रेको साँगाबाट उद्धार गरी संलग्नहरूलाई पक्राउ गरिएको हो।

प्रहरीले आरोपीलाई शुक्रबार अपहरण मुद्दामा अनुसन्धान सुरू गरेपछि सार्वजनिक गरेको हो।