logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

७४ सालदेखि बन्द भएको जग्गाको कित्ताकाट खुल्यो


अंकुरण खबर
2.522K
Shares

कृषि योग्य जग्गाको खण्डीकरण गरि कित्ताकाट गर्ने निर्णय पुनः खुलेको छ ।

कृषियोग्य जमिनमा बस्ती बस्ता भविष्यमा समस्या आउँने भन्दै सरकारले २०७४ सालदेखि कृषियोग्य जग्गाको कित्ताकाट बन्द गरेको थियो ।

भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयले  कृषि योग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्वनिर्णयहरू बदर गरिएको जनाएसंगै कित्ताकाट खुलेको हो ।

यस अघि २०७४ र २०७५ मा सरकारले जग्गाको खण्डीकरणका सम्बन्धमा रोक्ने आदेश जारी गरेको थियो। अब ऐन नियम तथा नियमावलीले निषेध गरेका जग्गाको कित्ताकाट बाहेक सबै जग्गाको कित्ताकाट गर्न पाइने छ।

जग्गामा लगानी गरेका व्यवसायीहरूले कित्ताकाट रोकिँदा जग्गा विक्री नभएकाले लगानी डुबेको भन्दै कित्ताकाट खुलाउन सरकारसंग पटक पटक लबिङ  गरेका थिए।