logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से १२ अंकले घट्यो


अंकुरण खबर
858
Shares

सोमबार सेयर बजारको परिसूचक नेप्से १२ अंकले घटेको छ ।

सो अंक घटेसँगै नेप्से १४ सय ८७ अंकमा कायम भएको छ । यस दिन १९२ कम्पनीको कुल २ अर्ब १६ करोड रुपैयाँको सेयर किनबेच भयो ।

ब्यापार समूह २२ अंकले बढेको छ । अन्य ३ र माइक्रोफाइनान्स १ अंकले बढ्दा फाइनान्स १ अंकमुनि हरियो रह्यो । बैंकिङ १७, होटल २, विकास बैंक १५, जलविद्युत ३, निर्जीवन बीमा ४६, उत्पादन १७, जीवन बीमा समूह ९२ अंकले घटेका छन् ।

यस दिन पनि नेपाल पुनर्बीमा कम्पनीको २८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो । नागरिक लगानी कोषको १५ करोड तथा नेको इन्स्योरेन्सको ९ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

उन्नति सहकार्य र युनिभर्सल पावरको मूल्य साढे ९ प्रतिशत बढीले बढ्यो । जोशी हाइड्रोको मूल्य ८.८ तथा नागरिक लगानी कोषको मूल्य ७.९ प्रतिशतले बढ्यो ।

एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य सबैभन्दा धेरै करिब १० प्रतिशतले घटेको छ ।