logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निषेधाज्ञाका बेला सहज रुपमा आवागमन गर्न नक्कली प्रेस कार्ड बनाएर बेच्ने तीन पक्राउ


अंकुरण खबर
728
Shares

कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका बेला सहज रुपमा आवागमन गर्ने भनेर गैर पत्रकार व्यक्तिलाई पनि प्रेस कार्ड बनाएर बेच्ने  तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले बागबजारबाट तीन जनालाई पक्राउ गरेको हो। उनीहरूबाट प्रहरीले २५ वटा नक्कली प्रेस कार्ड समेत बरामद गरेको स्रोतले बताएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको नाम भने सार्वजनिक गरेको छैन । उनीहरूले प्रतिप्रेस कार्ड ५ सय रूपैयाँ भन्दा बढीमा बेच्ने गरेका थिए। उनीहरूको कार्यालयबाट प्रहरीले ल्यापटप र प्रिन्टर समेत बरामद गरेको छ।

प्रहरीका अनुसार उनीहरुले सामाजिक सञ्जाल फेसबूकको विभिन्न म्यासेन्जर ग्रुपमार्फत विभिन्न व्यक्तिहरुसँग सम्पर्क राखेर प्रेस कार्ड बनाइ घरमै गएर बेच्ने गरेका थिए ।