logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

सिडिओका चालकलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय बन्द


अंकुरण खबर
1.495K
Shares

गोरखाको जिल्ला प्रशासन कार्यालयले अनिश्चितकाल सम्मका लागि सेवा बन्द गरेको छ ।

सोमबार प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सूचना जारी गरी अर्को सूचना नहुञ्जेलसम्मका लागि कार्यालयबाट अत्यावश्यक सवारी सहजीकरण पत्र बनाउनेबाहेक सबै सेवा बन्द गर्ने जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारीका सवारी चालकसहित जिल्लाभर १८ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएका कारण सेवा रोक्नु परेको सूचनामा उल्लेख छ ।

बिरामी उपचार, मृत्यु संस्कार, सरकारी कामकाज तथा विदेश जानु पर्नेका लागि सवारी सहजीकरण पत्र उपलब्ध गराउने बाहेक सबै काम अर्को सूचना जारी नहुञ्जेलका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जनाए ।

सवारी सहजीकरण पत्रका लागि इमेलमार्फत नै आवेदन लिने र इमेलमार्फत नै सेवाग्राहीलाई पत्र उपलब्ध गराउने प्रजिअ भट्टराईले बताए ।

नागरिकता, राहदानी लगायतका कामकाज यसअघि नै स्थगित गरिएको थियो ।