logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

सुनको भाउ घट्ने क्रम जारी


अंकुरण खबर
1.417K
Shares

नेपाली बजारमा मंगलबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ घटेको छ ।

आज छापावाल सुनको भाउ तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य तोलाको ९५ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । यसैगरी, आज चाँदीको भाउ प्रतितोला १३ सय १० रुपैयाँ कायम भएको छ ।