logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकाको निषेधाज्ञाबारे छलफल गर्न उपत्यकाका सीडीओबीच भर्चुअल बैठक हुँदै


अंकुरण खबर
1.313K
Shares

भोलि रातिसम्म उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णयमा पुग्न उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहितको भर्चुअल बैठक आज बस्दैछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आज बिस्तृत बैठक बसेर छलफल गरिने र त्यसको रायसुझाव अनुसार गृह मन्त्रालयसँग समन्वय गरेर निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा निर्णय लिइने जानकारी दिए ।

उपत्यका मेयर फोरम, उद्योगी व्यवसायी, यातायतका प्रतिनिधि र सरकारी चिकित्सक लगायतसँग पनि आजै छलफल गर्ने तयारी गरिएको छ ।

यो छलफलपछि तीनै जिल्लाका सीडीओसहित जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को संयुक्त बैठक बस्नेछ । यसबाट आउने रायअनुसार गृहको समन्वयमा निर्णय लिइनेछ ।

ललितपुरका सीडीओ नारायणप्रसाद भट्टले यसअघि संसदीय समितिमा दसैंसम्म निषेधाज्ञा लगाउनुपर्ने बताएका थिए । तर व्यवसायीले भने निषेधाज्ञा जारी रहे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।