logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीसँग छलफलका लागि प्रचण्ड पुगे बालुवाटार


अंकुरण खबर
1.222K
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पेश हुने प्रस्तावको गृहकार्य गर्न अध्यक्षद्वबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधवार विहान बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीसँग भेटका लागि प्रचण्ड विहान ११:३० बजे बालुवाटार पुगेका थिए ।

स्थायी कमिटीको बैठक शुक्रबार २६ गतेका लागि तय गरिएकाले दुई अध्यक्षले बैठकको प्रस्ताव तयारीबारे छलफल गरिरहेका छन् । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदन र त्यसमा परिमार्जन गरिनुपर्ने विषय समेतमा दुई अध्यक्षबीच छलफल भइरहेको छ ।

महासचिव विष्णुप्रसाद पौडेल संयोजकत्वको ६ सदस्यीय कार्यदलले आठ दिन लगाएर १६ पृष्ठको प्रतिवेदन बुझाएको थियो । कार्यदल गठन र त्यसले बुझाएको प्रतिवेदनले पार्टीभित्र देखिएको आन्तरिक विवाद साम्य भएको थियो ।