logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

बागलुङ ढोरपाटन बाढी : थप दुई जना महिलाको शव फेला


अंकुरण खबर
1.04K
Shares

बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर-९ स्थित भुजीखोलामा गत बुधबार राति आएको बाढीमा बेपत्ता थप दुई जना महिलाको शव फेला परेको छ ।

बडिगाड खोला किनारमा ३२ वर्षीया चनी विक र २८ वर्षीया कुमारी विकको शव भेटिएको हो । योसँगै बाढीमा परेर मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

मृत्यु भएकामध्ये १७ जनाको यसअघि नै दाहसंस्कार भैसकेको छ । बाढीपहिरोमा परी अझै १९ जना बेपत्ता छन् । प्रहरीले गुल्मीको रिडी र स्याङ्जास्थित कालीगण्डकी ए जलविद्युत आयोजनासम्म पुगेर बेपत्ताको खोजी जारी राखेको छ ।

बाढीले ८० घरमा पुर्ण र ५१ घरमा आंशिक क्षति पुर्‍याएको छ ।