धादिङ केन्द्र भएर आज दिउसो भूकम्प गएको छ ।
बुधबार दिउसो ३ बजेर ४८ मिनेट जाँदा धादिङको निलकण्ठ नगरपालिका क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का धादिङ र आसपास क्षेत्रमा महसुस गरिएको थियो । भूकम्पको धक्का काठमाडौंको पश्चिमी क्षेत्र, गोरखा, नुवाकोटसहितका जिल्ला सम्म महसुस भएको थियो ।
नेपालमा २०७२ सालको महाभूकम्पपछि पनि निरन्तर नयाँ भूकम्प र पराकम्प गइरहेका छन् ।