logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विविधतालाई राष्ट्र निर्माणमा सदुपयोग गर्न प्रधानमन्त्री ओलीको सुझाव


अंकुरण खबर
897
Shares

पूर्वी तराईमा मैथिली र थारु महिलाहरुले मनाउने जितिया पर्वका अवसरमा शुभकामना दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतायुक्त राष्ट्रलाई देश निर्माणमा सदुपयोग गर्न सुझाव दिएका छन् ।

शुभकामना दिदै प्रधानमन्त्री ओलीले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीचमा सुदृढ एकता भएको देश हो भन्दै यहाँ प्रचलित पर्वहरुका विविधता हाम्रा बहुमूल्य पूँजी भएको बताएका छन् ।

साथै प्रधानमन्त्री ओलीले कोभिड-१९ को विश्वब्यापी महामारीका कारण यसवर्ष हामीले आफ्ना पर्वहरु मनाउँदा घरमै बसेर सावधानी पूर्वक मनाउनु पर्ने अवस्था उत्पन्न भएको बताउदै आफू सुरक्षित रहंदै जितिया पर्व मनाउन म हार्दिक आह्वान गरेका छन् ।