logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशमा थपिए ६ जना कोरोना संक्रमित


अंकुरण खबर
2.769K
Shares

कर्णाली प्रदेशमा ६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन ।

सामाजिक विकास मन्त्रालयद्धारा विहिवार सार्वजनिक गरिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६ जना गरेर अहिले सम्मको संक्रमितको संख्या २ हजार ७ सय २५ पुगेको छ ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषन प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा थपिने संक्रमितहरू सुर्खेतको गुर्भाकोट नगरपालिका र सिम्ता गाँउपालिकाका ४ जना, सल्यान वनगाडकुपिण्डे नगरपालिकाका २ जना रहेका छन ।

पछिल्लो २४ घण्टामा कर्णालीमा कोरोना जितेर डिस्चार्ज हुनेहरूको संख्या १० जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशभर डिस्चार्ज हुने २ हजार ३ सय ६४ जना रहेका छन ।