नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा निको हुनेको संख्या पनि बढीरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहिबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणमुक्त भएका नेपालका ७ जिल्लाबारे जानकारी दिए ।
उनका अनुसार मनाङ, मुस्ताङ, म्याग्दी, सोलुखुम्बु, डोल्पा, मुगु र हुम्ला कोरोना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । जसमा पुरुष ८४४ र महिला ४०२ रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०,४६५ जना पुगेको छ ।