logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सप्तरीका एसपी र डीएसपीमा पनि देअियो कोरोना संक्रमण


अंकुरण खबर
1.352K
Shares

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) एवम् सूचना अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार साँझ उनीहरुको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । कोरोना पुष्टि भएपछि उनीहरुलाई होम आइसोलेसनमा राखिएको छ ।

४४ वर्षीय प्रहरी नायव उरीरक्षक भर्खरै सप्तरी आएका हुन् । ४५ वर्षीय प्रहरी नायव उपरीक्षक सरुवा भएर काठमाडौं आउँन लागेका हुन् । सरुवा भएर जिल्ला बाहिर जानु पर्ने भएकाले पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको प्रहरी स्रोतको भनाइ छ ।

हालसम्म सप्तरीमा ५७ जना प्रहरीमा संक्रमण पुष्टि भएको छ । प्रदेश प्रहरी तालिम केन्द्रका ३७ र जिल्ला प्रहरी कार्यालय मातहतका २० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै सप्तरीमा संक्रमितको संख्या ९९१ पुगेको छ ।