logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

नक्कली प्रेस कार्ड बनाउने व्यक्तिलाई पक्राउ गर्न गएका प्रहरीमा कोरोना पुष्टि


अंकुरण खबर
1.391K
Shares

नक्कली प्रेस कार्ड बनाउने व्यक्तिलाई बागबजारबाट पक्राउ गरेका अपराध महाशाखाका दुई जना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ ।

नक्कली प्रेस कार्ड बनाउने व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा दुई जना प्रहरीमा पनि संक्रमण पुष्टि भएको हो ।

कन्ट्याक्ट ट्रेसिङकै क्रममा लैनचौर, बौद्ध र गौशाला वृत्तमा रहेको अपराध महाशाखा युनिटका थप पाँच जना प्रहरीलाई पनि कोरोना संक्रमण भएको पाइएको एक प्रहरी अधिकृतले जानकारी दिए ।

लक्षण देखिएका केही संक्रमितलाई नेपाल प्रहरीको अस्पतालमा राखिएको छ भने केही होम आइसोलेसनमा छन् । पत्रकारको नक्कली परिचयपत्र बनाएर बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंको बागबजारस्थित कालिका प्रिन्टिङका ३ जनालाई यही भदौ २२ गते पक्राउ गरेको थियो ।