logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालनमा


अंकुरण खबर
832
Shares

नारायणगढ-मुग्लिन सडक खण्डको चारकिलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १०:३० बजे सडक एकतर्फी सञ्चालनमा आएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार दुईतर्फी सञ्चालनका लागि काम भइरहेको छ ।

आज बिहान ८ :१० बजे चितवनको इच्छाकामना-६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको थियो।