logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा स्थायी कमिटी बैठकमा केही बेर बोलेर बाहिरिए ओली


अंकुरण खबर
1.287K
Shares

पुष्पकमल दाहाल प्रचण्डलाई बैठक सञ्चालनको जिम्मा लगाएर नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेकपा स्थायी कमिटी बैठकबाट बाहिरिएका छन् ।

सहमतिमै प्रचण्डलाई बैठक संचालन गर्न आग्रह गरेर ओली बाहिरिएका बालुवाटार स्रोतले बतायो । ५१ दिनको स्थगनपछि प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको स्थायी कमिटी बैठकमा ओलीले छोटो मन्तव्य राखेका छन् ।

महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदनको आधारमा स्थायी कमिटी बैठकका  लागि नयाँ कार्यसूची बनाइएको छ ।

असार १० गते शुरु भइ पटक पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक पछिल्लो पटक साउन ६ गने छोटो समयका लागि बसेको थियो ।