नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ९ सय ७२ रहेको छ ।
यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ८ लाख २१ हजार १८६ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १० हजार ७०१ पीसीआर परीक्षण भएका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७८ जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या १४ हजार ९२५ जना रहेको छ ।