काठमाडौं – रोजगारीको लागि दुबाई बसेर फर्किएका युवाहरुले अन्तर्राष्ट्रिय स्तरको क्लिनिंग कम्पनी सञ्चालनमा ल्याएका छन् । उत्तम अधिकारी, कृष्ण कुमार न्यौपाने र रबिन ठकुरीले काठमाडौंको सुकेधारामा इनोभेटिभ हस्पिटालिटी सर्भिसेस नामक कम्पनी सञ्चालनमा ल्याएका हुन ।
रोगजारीको लागि लामो समय दुवाईमा विताएका युवाहरुले विदेशमा सिकेको सीप, क्षमता र पुजीलाई स्वदेशमै प्रयोग गरि देशको सेवा र मनाग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहारण प्रस्तुत गरेका छन् ।
उक्त कम्पनीले घर, कार्यालय, होटल, व्यावसायीक महल, विद्यालय, अस्पतालदेखि बगैचा मर्मत लगाएतका सरसफाईका सबै काम गर्ने सञ्चालक रबिन ठकुरीले बताए । आगामी दिनमा आफ्नो सेवालाई अझै बिस्तार गर्दै लैजाने र धेरैलाई रोजगारीको अबसर दिने लक्ष्य रहेको ठकुरीले बताए ।