logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जोर-बिजोर प्रणाली पालना नगर्ने २६ वटा गाडी होल्ड


अंकुरण खबर
2.093K
Shares

काठमाडौं उपत्यकामा जोर-बिजोर पालना नगर्ने २६ वटा गाडी एकाबिहानै होल्ड भएका छन् ।

जोर-बिजोर नियम पालना नगर्ने ४ वटा चारपाङ्ग्रे र २२ वटा दुई पाङ्ग्रे गाडीलाई होल्ड गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

होल्ड भएका गाडीलाई बेलुका मात्रै छोडिने छ । आज जोर गते भएकाले जोर नम्बरको गाडी मात्रै चलाउन पाइन्छ ।

शनिबार दिनभर भने ७ सय ७४ गाडी होल्ड भएकामा ५ सय ९५ दुई पाङ्ग्रे रहेका थिए ।