नेपाली बजारमा आइतबार सुनचाँदीकै मूल्य स्थिर रहेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाला सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको थियो ।
आज तेजाबी सुन प्रतितोलाको ९६ हजार रुपैयाँमा कायम भएको छ । त्यस्तै आज चाँदी पनि तोलाको १३ सय १० रुपैयाँमा कारेबार भइरहेको छ ।