logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिन्धुपाल्चोक पहिरो अपडेट : मृत्यु हुनेको संख्या ९ पुग्यो


अंकुरण खबर
845
Shares

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ भने अन्य २२ जना अझै बेपत्ता छन् ।

मृत्यु हुनेमा वडा नम्बर ७ का भक्तिमाया श्रेष्ठ, जुनु विक, सुकलाल विक, सन्देश विक, सर्किनी नेवार, धनलाल नेवार, हिरामाया नेवार, ट्याक्सी शेर्पा र ज्ञानीमाया प्रधान रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

उनीहरु एकै परिवारका हुन् वा फरक फरक परिवारका हुन् भन्ने अहिलेसम्म नखुलेको डीएसपी सापकोटाले जानकारी दिए । पहिरोमा परी अझै २२ जना बेपत्ता छन् ।

गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ । डीएसपी सापकोटाका अनुसार हालसम्म ११ वटा घरमा क्षति पुगेको छ ।

पहिरोमा वेपत्ताको खोजीकार्यमा नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरीका साथै स्थानीय तहका प्रतिनिधि र स्थानीयबासी जुटेका छन् ।