logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जिल्ला जन गणतान्त्रिक सम्पर्क मञ्चको निर्णय: एमसीसी विरुद्द असोज ४ गते माइतीघर मण्डलामा विशाल विरोध प्रदर्शन गर्ने


अंकुरण खबर
2.392K
Shares

जिल्ला जन गणतान्त्रिक सम्पर्क मन्चले एमसीसीको बिरोधमा असोज ४ गते माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

मञ्चका संयोजक विष्णु खड्काको अध्यक्षतामा बसेको बैठकले एमसीसी पास भए नेपालमा ठुलो संकट आउने भन्दै यसका विरुद्ध सबै एकजुट भएर लाग्न आग्रह गरेको छ । माइतीघर मण्डलामा असोज ४ गते हुने विशाल विरोध प्रदर्शनना सहभागी हुन पनि सबैलाई आग्रह गरेको छ ।

बैठकमा मञ्चको आगामी नीति कार्यक्रम, कोरोना भाइरसका कारण गरिएको लकडाउन र निषेधाज्ञाले गरिब, किसान र मजदुर माथि परेको आम समस्याको विषयमा छलफल भएको थियो । साथै बैठकले संगठन विस्तार अभियानलाई तिव्र बनाउने निर्णय गरेको छ। बैठकमा मञ्चका सातै प्रदेशका प्रदेश संयोजकहरुले आ-आफ्ना धारणा राखेका थिए ।