logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

नेपाल एयरलाइन्सका विजय लामा सहित दुई पाइलटमा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.612K
Shares

नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामा र अर्का पाइलटलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नेपाल वायु सेवा निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार नियमित परीक्षणका क्रममा दुई पाइलटमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वाब संकलन गरि स्वास्थ परीक्षण गर्दा आज आएको नतीजामा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

उनीहरुलाई अहिले सोल्टीको आइसोलेसनमा राखिएको छ ।