नेपालमा थप ११७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११७० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । संक्रमितमध्ये ३९ हजार ५७६ जना निको भएर घर फर्किएका छन् ।
आज मात्रै कोरोनालाई जितेर ८७९ जना घर फर्किएका छन् ।