logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुर्घटनामा परेका क्रिकेटर भण्डारीलाई हेलिकोप्टर मार्फत काठमाडौं ल्याइयो


अंकुरण खबर
793
Shares

मोटरसाइकल दुर्घटनामा परि घाइते भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

उनलाई सोमबार हेलिकोप्टर मार्फत थप उपचारका लागि राजधानीको ग्राण्डी अस्पताल ल्याइएको क्रिकेट एशोसिएशन अफ नेपाल क्यानले जानकारी दिएको छ ।

आइतबार धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकले भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा क्रिकेटर भण्डारीसहित उनको नातेदार करन ठगुन्ना पनि घाइते भएका थिए ।

दुर्घटनापछि गम्भीर घाइते भएका भण्डारीको शुक्लाफाटा क्लिनिकमा प्राथमिक उपचारपछि धनगढीकै निसर्ग अस्पतालमा लगिएको थियो ।

धनगढीबाट आइतबार राति नै उनलाई नेपालगन्जको कोहलपुर मेडिकल कलेज रिफर गरिएको थियो । कोहलपुर मेडिकल कलेजले उनलाई थप उपचारका लागि काठमाडौं रिफर गरेको थियो ।