logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरामा १० वर्षीया बालिकामाथि बलात्कार


अंकुरण खबर
741
Shares

कास्की प्रहरीले १० वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एकजना ५२ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार १० वर्षीय बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा पोखरा महानगरपालिका-७ चोरसाँघु बस्ने ५२ वर्षीय टिका बहादुर दमाईलाई सोमबार दिउँसो पक्राउ गरिएको हो ।

बालिकाको घरमा कोही नभएको अवस्थामा टिका बहादुरले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

१० वर्षीय बालिकामाथि यौन दुर्व्यवहार गरेको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।