काठमाडौंको कपनस्थित आनी गुम्बा नजिक सस्तोमा सुन किन्न बोलाएर १३ लाख ५० हजार लुटपाट अभियोगमा पक्राउ परेका पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बुढानिलकण्ठ नगरपालिका-११ मा उदयपुर चौदण्डीका निराहाङ राईलाई भदौ १८ को साँझ पाँच जनाको समूहले लुटेका थिए । लुटपाटको उजूरीपछि महानगरीय अपराध महाशाखा र वृत बौद्धको टोलीले उनीहरुलाई पक्रेर हिरासतमा राखेको थियो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका चार जना र सर्लाहीका एक जना छन् । संक्रमण पुष्टि भएपछि आरोपीलाई जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको आइसोलेशनमा भर्ना गरिएको छ ।
थुनुवा बाहेक, महानगरीय प्रहरी वृत बौद्धका १६ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।