logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोलिबाट लामो दुरीका सार्वजनिक यातायात चलाउन तयार भए व्यवसायी


अंकुरण खबर
3.614K
Shares

सरकारले नै अनुमति दिने निर्णय गरेपछि यातायात व्यवसायी भोलि (असोज १ गते) देखि लामो दुरीका सवारी साधन चलाउन तयार भएका छन् ।

बुधबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यातायात व्यवसायीले असोज १ गतेदेखि नै लामो दुरीका सवारी साधन चलाउने बताएका हुन् । त्यसका लागि सरकारले स्वास्थ्य सुरक्षाको स्पष्ट मापदण्ड र कार्यविधि तोकिदिनुपर्ने उनीहरुको माग छ ।

यातायात व्यवसायीले माग गरेअनुसारको कार्यविधि बुधबार साँझसम्म जारी गरिसक्ने जनाइएको छ । यातायात व्यवस्था विभागले बुधबार नै कार्यविधि र स्वास्थ्य सुरक्षाका मापदण्डहरु बनाएर सार्वजनिक गर्ने छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले असोज १ गतेदेखि लामो दुरीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

सरकारले सबै सार्वजनिक यातायातले ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरेको छ । यस्तै, हाल कायम भाडादरभन्दा ५० प्रतिशत बढी भाडा लिन पाउने पनि सरकारले निर्णय गरेको छ ।

यातायात व्यवसायीहरुले भोलि (असोज १ गते) विश्वकर्मा पूजा गरेर सेवा थाल्ने बताएका छन् ।