logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाको सचिवालय बैठक शुक्रबार पहिलो पटक पेरिसडाँडामा बस्ने


अंकुरण खबर
1.209K
Shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ ।

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटपछि सचिवालय बैठक बोलाइएको हो ।

बैठक तत्कालीन माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा शुक्रबार बिहान ११ बजे बस्ने तय भएको छ ।

यसअघि नेकपाको सचिवालय, स्थायी कमिटी लगायतका बैठकहरु प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए।

गत २६ गते बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनमा लैजान छलफलका लागि बैठक बोलाएको नेकपाले जनाएको छ ।