logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्सामा कोरोना संक्रमण दर घट्यो, ५ जनामा मात्रै कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
923
Shares

पर्सामा बुधबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार राति नारायणी अस्पतालको प्रयोगशालामा २ सय ८ जनाको स्वाब परिक्षण गरिएकोमा ५ जनामा मात्रै संक्रमण देखिएको अस्पतालका पा.डा. अतुलेश चौरसियाले जानकारी दिए।

संक्रमण देखिनेमा ४ पुरुष र एक महिला रहेका छन् । वीरगञ्ज महानगरपालिकाको एक २६ बर्षका पुरुष र नारायणी अस्पतालका ३० बर्षका पुरुषमा सँक्रमण देखिएको छ।

यस्तै बहुदरमाई नगरपालिकाकी २१ बर्षकी युवती र ४७ बर्षका पुरुष तथा पर्सागढी नगरपालिकाका ४१ बर्षका पुरुषमा कोरोना सँक्रमण पुष्टि भएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा जम्मा पाँच जनामा मात्रै संक्रमण देखिएको चौरसियाले बताए । मंगलबार पर्साका एक जनामा पनि सँक्रमण देखिएको थिएन ।