logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

माइतीघरमा भेला भएका कुलमानका समर्थकमाथि प्रहरीद्वारा लाठी प्रहार


अंकुरण खबर
1.261K
Shares

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कार्यकाल बिताएर बिदा भएका कुलमान घिसिङलाई पुनः नियुक्त गरिनुपर्ने माग गर्दै आज (बिहीबार) पनि प्रदर्शन भएको छ ।

मंगलबार प्राधिकरणबाट बिदा भएका घिसिङलाई पुन कार्यकारी निर्देशक बनाइनुपर्ने माग राख्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको हो ।

घिसिङको समर्थनमा उत्रिएकाहरुमाथि प्रहरीले लाठी प्रहार गरेको छ । कुलमानको पक्षमा प्रदर्शन गर्न माइतीघरमा भेला भएका समर्थकलाई प्रहरीले लाठी प्रहार गरेको हो ।

लाठी प्रहार गरेपछि माइतीघरमा भेला भएका कुलमानका समर्थकहरु तितरवितर भएका छन् ।

बुधबार पनि कुलमानको पक्षमा माइतीघर लगायत राजधानीका विभिन्न ठाउँमा प्रदर्शन भएका थिए । बुधबारको प्रदर्शनमा सहभागी भएका समर्थकलाई तितरवितर पार्न प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो ।