logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को परीक्षा स्थगित


अंकुरण खबर
8.879K
Shares

सर्वोच्च अदालतले परीक्षा नगर्न आदेश दिएपछि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) डीनको कार्यालयले पूर्वनिर्धारित भदौ २४ गतेसम्मका परीक्षा स्थगित गरेको छ।

सर्वोच्चले परीक्षा नगर्न भनेपछि आइओएमले शनिबार सूचना निकालेर भदौ २१, २२, २३ र २४ गतेका लागि तय भएको स्नातक तहको प्रवेश परीक्षा स्थगित गरिएको उल्लेख गरेको हो।

चिकित्सा शिक्षा ऐनविपरीत एमबिबिएस प्रवेश परीक्षा लिन लागेको भन्दै सर्वोच्चमा रिट परेपछि सुनुवाइ गर्दै शुक्रबार भदौ २५ गते दुबै पक्षलाई छलफलका लागि बोलाइएको छ भने परीक्षा रोक्न आदेश दिइएको थियो।

‘सम्पूर्ण विषयका प्रवेश परीक्षा सम्मानित सर्वोच्च अदालतको भदौ २० को आदेशबमोजिम अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरेको जानकारीका लागि अनुरोध छ,’ स्नातक तह प्रवेश परीक्षा सञ्चालक समितिले शनिबार निकालेको सूचनामा भनिएको छ।

सर्वोच्चको आदेशपछि आइओएम र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिने भनिएको एमबिबिएस प्रवेश परीक्षा स्थगित भएका हुन्। सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको इजलासले परीक्षा रोक्न आदेश दिएका थिए।