logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एलपी ग्यासमा प्रयोग हुने खाली सिलिण्डरको मूल्य निर्धारण


अंकुरण खबर
1.17K
Shares

नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने खाली सिलिण्डरको मूल्य तोकेको छ ।

ग्यास बिक्रेताले फरकरफरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै संघले पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका उद्योगका सिलिण्डरको मूल्य तोकेको जनाएको छ ।

संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार वाग्मती प्रदेशभित्र सञ्चालन गरिएका २९ ग्यास उद्योगका खाली सिलिण्डरको मूल्य दुई हजार एक सय रुपैयाँ तोकिएको हो।

संघले सिलिण्डर खरिद गर्दा अनिवार्य रुपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता (डिलर) मार्फत लिन समेत अनुरोध गरेको छ । संघले आफ्नो कम्पनीबाहेक अरुको खाली सिलिण्डर साट्नु गैरकानुनी भएको भन्दै साटेको थाहा भएमा कारबाही गर्ने जनाएको छ । रासस