चितवनको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनलाई कोरोना पुष्टि भएको छ ।
भदौ २८ गते स्वाब दिएका मेयर वनलाई बिहिवार आएको नतिजामा कोरोना पुष्टि भएको हो । उनको रिपोर्ट एक सातापछि आएको हो । सो समय काठमाडौं गएर फर्किएका प्रमुख वनले कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि गत भदौ २८ स्वाव परीक्षण गराएका थिए ।
उनी घरकै आइसोलेसनमा बसिरहेका छन् । नगरप्रमुख वनले स्वाब दिएको लामो समयपछि रिपोर्ट आउँदा समस्या भएको गुनासो गरेका छन् ।