logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

चितवनमा भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित ३१ वर्षीय युवकको मृत्यु


अंकुरण खबर
806
Shares

चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक जना युवकको मृत्यु भएको छ ।

गएराति मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ११ निवासी ३१ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

उनलाई २६ गते कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर ती युवकको उपचार भइरहेको थियो ।

चितवनमा कोरोना संक्रमित ३० जनाको मृत्यु भएको छ । जिल्लाका मात्रै १७ जना छन् ।