logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

आवश्यक्ता परे जुनसुकैबेला संविधान संशोधन हुन्छ : प्रम ओली


अंकुरण खबर
1.508K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता भए कुनै पनि समय संविधान संशोधन गर्न सकिने बताएका छन् ।

शुक्रबार बालुवाटारमा ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले जनताको आवश्यकता र समयको मागअनुसार परिवर्तन गर्न आवश्यक परे संशोधन गर्न नरोकिने बताएका हुन् । उनले नागरिकको सुरक्षित हुन पाउने र विकासमा समान अवसर प्राप्त गर्ने विषयलाई संविधानले सुरक्षित गरेको उल्लेख गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले कोरोना भाइरसका कारण विषम परिस्थिति सृजना भएकाले सबै भन्दा ठुलो कुरा स्वास्थ्य भएकाले सचेत रहन सबैलाई आग्रह गरे । ओलीले मानिसका लागि भोजन भन्दा सुरक्षा महत्वपूर्ण हुने जिकिर गरेका छन् ।