logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

६० वर्ष नाघेकाहरूलाई घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह


अंकुरण खबर
962
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष उमेर नाघेकालाई घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौमतले संक्रमणको अवस्था खराब भएको भन्दै ६० वर्षभन्दा माथिको उमेर समूहलाई घरबाहिर ननिस्कन आग्रह गरेका हुन् ।

यस्तै मधुमेह, रक्तचाप, फोक्सोको समस्या, किड्नीका विरामी र क्यान्सर रोगीहरूलाई समेत मन्त्रालयले केही दिन घरमै बस्न आग्रह गरेको छ । यदि घरबाट बाहिर निस्कनु परेमा जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न भनिएको छ ।

पछिल्लो समय काठमाडौं, पोखरा लगायत सहरी क्षेत्रमा संक्रमणसँगै जोखिम बढेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार देशभर हालसम्मकै धेरै संक्रमित २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।