कोरोना संक्रमणबाट बाँकेमा एक ५९ वर्षीय पुरुषको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–२१ पुरैनीका ती पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा शनिबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
उनको स्वास्थ्य अवस्था असामान्य देखिएपछि भदौ २० गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । २१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले उनलाई हाइड्रोअक्सिजन, सिपीएपी, प्लाज्मा थेरापी विधिबाट उपचार गरेको थियो ।
दुवै फोक्सोमा निमोनिया भई एआरडिएस देखिएपछि बचाउन नसकिएको अस्पताल प्रशासनले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या १० पुगेको छ।