logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

केही दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै


अंकुरण खबर
767
Shares

चिकित्सका शिक्षा सुधारको माग राख्दै आएका डा.गोविन्द केसी विगत केही दिनदेखि जुम्लामा अनसनरत छन्।

यसअघि आफूसँग भएका सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै केसी अनसन बसेका हुन।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु सञ्चालन गर्न, गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन सुरु गनुपर्ने, प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन डा. केसीले माग गरेका छन्।

मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पिसिआर परीक्षण व्यापक बनाएर लकडाउनर निषेधाज्ञा हटाउन, कोभिड तथा अन्य रोगका सबै बिरामीलाई समेत उचित उपचारको व्यवस्था गर्नुपर्ने लगायत ६ बुँदे माग पनि डा. केसीले राखेका छन्।

डा.केसीले भदौं २९ गतेबाट अनसन सुरु गरेका छन्। डा.केसी अनसन बसेको लामो समय हुँदा समेत सरकारले कुनै वास्ता गरेको छैन।

सत्याग्रहमा रहेका डा.केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ। उनको स्वास्थ्य बिग्रदै गएपनि कसैले चासो देखाएका छैनन।

पछिल्लो समय उनमा चक्कर लाग्ने, मुटुको चाल बढेको, मांसपेशी बाउँडिने, छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने, पिसाबको मात्रामा कमी, रक्तचाप कम भइरहेको छ। उनलाई २४ सै घन्टा रेखदेख गर्न सकिने सुरक्षित ठाउँमा यथाशीघ्र स्थानान्तरण गर्न चिकित्सकले सुझाएका छन् ।