logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर सामन्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना


अंकुरण खबर
780
Shares

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

आइतबार महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ ।

महाशाखाले हाल बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा आँशिक बदली रहेको पूर्वानुमानमा उल्लेख गरेको छ ।

आज दिउँसो देशभर आँशिकदेखि सामन्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, राति देशभर आँशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।