logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पेट्रोल बोकेको ट्याङ्कर त्रिशूली नदीमा खस्यो


अंकुरण खबर
910
Shares

धादिङमा तेल बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेको छ ।

गएराति वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ४ ख २८२२ को पेट्रोल ट्याङ्कर धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ चिरौदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ ।

ट्याङ्करमा रहेका चालक र सह-चालक कहाँ छन् भन्ने बारेमा कुनै पनि जानकारी नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए ।

नदीमा खसेको गाडी पानीमा डुबेको छ । केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।