logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

त्रिशूलीमा ट्याङ्कर खस्यो, चालक र सह-चालक हामफालेर जोगिए (अपडेट)


अंकुरण खबर
1.209K
Shares

त्रिशूली नदीमा पेट्रोल बोकेको ट्याङकर खसेको छ ।

चालक र सह-चालक भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना.४ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर धादिङको गल्छी गाउँपालिका ६, चरौंदीबाट गएराति त्रिशूली नदीमा खसेको हो । ट्याङकरमा आगलागी भएको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालयका एसएसपी सुदीप गिरीका अनुसार चालक र सहचालक सम्पर्कमा आएका छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा ब्रेकफेल भएपछि ट्याङ्कर नदीमा खसेको हो । चालक र सहचालक दुवैले हाम फालेर ज्यान जोगाएको गिरीले जानकारी दिए ।