logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजबाट चार-पाँच दिन ठूलो वर्षाका साथै हावाहुरीको सम्भावना


अंकुरण खबर
663
Shares

नेपालमा आज (सोमबार) बाट देशमा चार-पाँच दिन ठूलो वर्षाका साथै हावाहुरीको समेत सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागले एक विज्ञप्ति मार्फत सेप्टेम्बर २१ अथार्त आजदेखि ५ दिनसम्म ठूलो वर्षाका साथै हावाहुरीको सम्भावना रहेको जनाएको छ। मौसमबारे पूर्व जानकारी दिँदै विभागले सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

खासगरी आज रातिदेखि व्यापक वर्षा सुरु हुने मौसमविद्को अनुमान छ। तर हावाहुरी आजै दिउँसो प्रदेश १ र २ मा आउने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। मौसमविद् शाक्यका अनुसार रातिदेखि भने ठूलो वर्षाका साथ हावाहुरी चल्ने सम्भावना छ।

विभागले हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम उत्तर पश्चिमतर्फ सर्ने क्रममा आगामी ४-५ दिन नेपालका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ सहितको वर्षा तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको जानकारी दिएको हो।

आज दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २ का केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।

यस्तै राती देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हावाहुरीको सम्भावना छ।